अग्नि सापकोटा सभामुख बन्नुका तीन कारण
काभ्रेका अर्जुनबहादुर लामा हत्याको आरोपित अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा आइतबार निर्विरोध भएका छन् । सापकोटा संसदभित्र राष्ट्रिय सहमतिको सभामुख चयन भइरहँदा बाहिर भने विरोध चर्किएको छ । राजनीतिक विश्लेषक श्याम श्रेष्ठ अग्निप्रसाद सापकोटा राष्ट्रिय सहमतिको सभामुख बन्नुका तीन कारण देख्छन् । प्रस्तुत छ, हिमाल खबर सँग श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंशः
हत्या आरोपित अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन राष्ट्रिय सहमति नै जुट्यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सापकोटा सभामुख बनाउन स्वीकार गरे पछि अव राजनीतिक रुपमा यो पछाडि फर्कने रहेन । राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल त समर्थक नै बस्यो भने समाजवादी पार्टी नेपालको समेत बिमति रहेन ।
यसका तीन कारण छन् । पहिलो कारण दोस्रो जनआन्दोलन २०६२/०६३ पछाडि निरन्तरता पाउँदै आएको सहमतीय राजनीति हो ।
दोस्रो दलहरुको स्वार्थको लेनदेन र तेस्रो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको स्वभाव हो ।
नेपाली कांग्रेस इतिहासमै कमजोर र निष्कृय प्रतिपक्षी बन्न पुगेको छ । मुलुकलाई अगाडि बढाउन सहमति जुटाउनु स्वभाविक भए पनि यसपटक संवैधानिक नियुक्तिहरुको भागबण्डाका कारण नेकपाको निर्णयमा कांग्रेसको समर्थन हुन पुग्यो ।
कांग्रेसमा गिरिजाप्रसाद कोइराला होइन, सुशील कोइराला जति पनि सभापति शेरबहादुर देउवाले भूमिका निर्वाह गर्न सकेका छैनन् ।
सानातिना राजनीतिक नियुक्तिका लागि कांग्रेसले खुट्टा कमाएको छ । जसले शान्ति प्रक्रियाको महत्वपूर्ण पाटो नै प्रभावित बन्न पुगेको छ ।
कमजोर प्रतिपक्षी र सत्तारुढ नेकपाको आन्तरिक कलहको लाभ भने दाहालले पाएका छन् । दाहाल र देउवाकोे केमेस्ट्री मिल्नु पनि अग्निप्रसाद सापकोटाका लागि निर्विरोध सभामुख बन्ने बाटो बन्न पुग्यो ।
कांग्रेसमा गिरिजाप्रसाद कोइराला होइन, सुशील कोइराला जति पनि सभापति शेरबहादुर देउवाले भूमिका निर्वाह गर्न सकेका छैनन् । सानातिना राजनीतिक नियुक्तिका लागि कांग्रेसले खुट्टा कमाएको छ । जसले शान्ति प्रक्रियाको महत्वपूर्ण पाटो नै प्रभावित बन्न पुगेको छ ।
दाहाल नेकपाका नेताहरु झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम देखि मधेशी र जनजातिहरुसँग पनि सम्बन्ध राख्न सिपालु छन् । यसपटक नेकपाकै नेताहरुको साथ लिएर दाहालले सभामुख पद आफैं रोजेको व्यक्ति अग्निप्रसाद सापकोटालाई बनाउन सके ।
यसको असर भने शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने प्रक्रियामा परेको छ । अहिले शान्ति प्रक्रिया टुंग्याउने चाहना पूर्व विद्रोही र पूर्व सत्ता सञ्चालक दुवैमा देखिदैन ।
सेना पनि आफ्ना मान्छे जोगाउन चाहन्छ भने पूर्व माओवादीको चाहना पनि त्यस्तै छ । राजनीतिक कारण बाहेकका फौजदारी अपराधमा संलग्नलाई जोगाउन खोजिदा पीडितले न्याय पाउने देखिन्न ।
दुवै आयोगमा भएको भागबण्डा र अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन राष्ट्रिय सहमति जुट्नुले पनि त्यो प्रष्ट हुन्छ । बेपत्ताको खोजबिन र न्याय निरुपण हुन्छ वा हुन्न भन्ने विषय अब ‘सिभिल सोसाइटी’ कसरी अगाडि बढ्छ भन्नेमा भर पर्छ ।
याे पनि