अग्निप्रसाद सापकोटाविरुद्धको रिट सपना प्रधान मल्लको इजलासमा
संसद्का नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । यसअघि न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको रिट उनले हेर्न नमिल्ने भन्दै सारिएको थयो ।
फुँयालले पहिले नै यसै सम्बन्धि मुद्दामा बहस गरिसकेको हुनाले यस पटक हेर्न नमिल्ने बताइएको थियो । उक्त रिटको आज सुनुवाइ हुने भएको छ ।
सभामुख चयन प्रक्रिया चलिरहेका बेला नेकपा नेता सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत शुक्रबार दर्ता रिट हालेका थिए ।
आइतबार मात्रै प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित सापकोटाले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरि सकेका छन् ।