बार्सिलोना पछि पार्दै शीर्ष बन्ने मड्रिडलाई अवसर
स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सिया सँग नराम्रो पराजय बेहोरे सँगै रियल मड्रिडलाई शीर्ष स्थानमा उक्लने राम्रो अवसर मिलेको छ ।
शनिबार राति बार्सिलोना भ्यालेन्सिया सँग २–० गोल अन्तरले पराजित भएको छ । नराम्रो पराजय सँगै मड्रिड भन्दा एक खेल बढी खेलेको बार्सिलोना धेरै गोल गरेको आधारमा शीर्ष स्थानमा छ ।
तर, आइतबार मध्य रात पछि हुने खेलमा मड्रिडले भल्लाडोलिडलाई पराजित गर्न सके बार्सिलोना पछि पर्नेछ । २० खेल मात्रै खेलेको मड्रिड र २१ खेल खेलेको बार्सिलानोले समान ४३ अंक जोडेको छ ।
बार्सिलोनाले ५० गोल गरेको छ भने २५ गोल खाएको छ । तर, मड्रिडले भने ३८ गोल गरेको छ भने १३ गोल मात्रै खाएको छ ।