सरकारले महिला उद्यमीहरुको राष्ट्रिय भेला गर्ने
सरकारले महिला उद्यमीहरुको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले आइतबार ‘महिला उद्यमीहरुको राष्ट्रिय सम्मेलन’ को उद्घाटन गर्दैै यो जानकारी दिएका हुन् । उनले ग्रामिण क्षेत्रमा महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने गरी उद्यमीहरुका लागि आवश्यक नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले महिला उद्यमीहरुको राष्ट्रिय भेला गर्ने तयारी भइरहेको बताए ।
महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन नयाँ नीति र कार्यक्रमको आवश्यकता रहेको भन्दै मन्त्री गुरुङले भने, “सरकारले चालू आर्थिक वर्ष भित्रै उद्यमी महिलाहरुको राष्ट्रिय भेला आयोजना गरी आवश्यक ठोस नीति तय गर्नेछ ।”
मन्त्री गुरुङले उद्यमशीलताको माध्यमबाट महिलाहरुको आर्थिक सशक्तिकरणमा लाग्ने संघसंस्थाहरुसँग सहकार्य गरेर अघि बढन सरकार तयार रहेको पनि बताए ।