थप समाचार शनिबार, माघ ११, २०७६

ताराको वायुमण्डलमा भेटियो अक्सिजनको भण्डार, देखियो जीवनको सम्भावना

हिमालखबर

ताराको वायुमण्डलमा भेटियो अक्सिजनको भण्डार, देखियो जीवनको सम्भावना
तस्वीर: जागरण डटकम

खगोलविदहरूले सबैभन्दा पुरानो तथा मौलिक रुपले कमजोर एक ताराको वायुमण्डलमा अक्सिजनको विशाल भण्डार भएको पत्ता लगाएका छन् ।

यो अनुसन्धानले ब्रम्हाण्डमा जीवनको अस्तित्व बचाइराख्न आवश्यक महत्वपूर्ण यौगिक पदार्थ रहेको पत्ता लागेको हो । यसबाट पृथ्वीका अतिरिक्त अन्य खगोलीय पिण्डमा पनि जीवनको अस्तित्व रहन सक्ने कुरामा बल मिलेको हो ।

पीटीआईका अनुसार एस्ट्रोफिजिकल लेटर्स नामक जर्नलमा प्रकाशित यो अध्ययनका लागि अनुसन्धानकर्ताहरूले जे०८१५ प्लस ४७२९ नामक एक प्राचीन ताराको रासायनिक बनोटको विश्लेषण गरेको छ । र, ब्रम्हाण्डमा पहिलो पुस्ताका तारा अर्थात सुरुवाती चरणका तारामा अक्सिजन र अन्य महत्वपूर्ण तत्वको निर्माण कसरी हुन्छ भन्ने कुराको उद्घाटन गरेको छ ।

पाँच हजार प्रकाश वर्ष टाढा छ तारा

अनुसन्धानमा खटिएका ब्रिटेनको क्याम्ब्रिज युनिभर्सिटीका शोधार्थीहरूले भने, “जे०८१५ प्लस ४७२९ नामक तारा आफ्नो नक्षत्रमण्डल लिंकभन्दा करीब ५ हजार प्रकाशवर्ष टाढा छ । अर्थात यो ताराको स्रोतबाट पृथ्वीसम्म प्रकाश आइपुग्न ५ हजार वर्ष लाग्छ ।”

अरू तारामा पनि जीवनको आशा

अमेरिकाको डब्लू.एम.किक प्रयोगशालाका वैज्ञानिक तथा यस अध्ययनका सहलेखक जोन ओ मारियाले भनिन्, “यो परिणाम अत्यन्त रोमाञ्चक छ । यसले हाम्रो ब्रम्हाण्डीय ब्यांकयार्डमा रहेका ताराहरूको उपयोग गरेर ब्रम्हाण्डको सबभन्दा सुरुवाती समयको बारेमा बताउँछ । उनले भनिन्, “जे०८१५ प्लस ४७२९ मा अक्सिजन पाइनुको अर्थ अरू तारामा पनि जीवनको संभावना बढेको छ ।

शोधकर्ताहरूका अनुसार ब्रम्हाण्डमा हाइड्रोजन र हिलियमपछि अक्सिजन ग्यास तेस्रो सबभन्दा धेरै मात्रामा पाइने तत्व हो । उनीहरूले सुरुवाती ब्रह्माण्डमा यो तत्व नभएको पनि बताएका छन् । यसको निर्माण ठूलो मात्रामा ताराहरुभित्र न्यूक्लियर रियक्सन हुँदा अल्ट्राहाई इनर्जीको उत्सर्जनको माध्यमबाट भएको पनि बताए । जसको द्र्रव्यमान सूर्यको तुलनामा करीब १० गुना बढी छ ।

एकै रातमा लगातार पाँच घण्टाभन्दा बढी समयसम्म अवलोकन गरेपछि खगोलविदले यस ताराको वातावरणमा अक्सिजनसहित अन्य १६ रसायनको डाटा एकत्रित गरेका छन् । यस अध्ययनका प्रमुख जोयन गोंजालेज हर्नाडेंजले भने, “यो ताराको संरचनाले यस कुरालाई इंगित गर्छ कि बिग ब्यांगपछि सयौं करोड वर्षको अवधिमा यसको गठन भएको थियो । संभवतः मिल्की वे भन्दा पहिले सुपरनोभाबाट निस्किएको सामग्रीबाट यसको निर्माण भएको हुनसक्छ ।”

वैज्ञानिकहरूका अनुसार जे०८१५ प्लस ४७२९ नामक यो तारामा कार्बन, नाइट्रोजन तथा अक्सिजनको मात्रा १०, आठ र तीन प्रतिशत छ । हाम्रो आकाशगंगामा रहेका तारामा कार्बन, नाइट्रोजन र अक्सिजन यति ठूलो मात्रा नभएको पनि यही ताराको एक शोधकर्ता डेविड एगुओडोले बताए । –एजेन्सीकाे सहयाेगमा

प्रतिकृया दिनुहोस