कप्तान क्रिस लिनलाई आउट गरे सन्दीपले
जारी बिग बास लिगमा सन्दीप लामछानेले ब्रिसबेन हटका कप्तान क्रिस लिनलाई आउट गरेका छन् ।
मेलबर्नका लागि १२औं ओभरको चौंथो बलमा लिनलाई क्याच आउट गरेका हुन् । यो सँगै, सन्दीपले ७४औं खेलबाट ९९ विकेट लिएका छन् । अब शतक नजिक पुग्न एक विकेट मात्रै बाँकी छ ।
ब्रिसबन बिरुद्ध सन्दीपले उत्कृष्ठ बलिङ गरेका छन् । उनले चार ओभरमा एक विकेट लिदै १६ रन मात्रै खर्चिए ।
प्ले अफमा स्थान बनाइसकेको मेलबर्नले शीर्ष स्थानमा कायम रहन आजको खेल जित्नुपर्नेछ । १३ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा रहेको मेलर्बनलाई पछ्याइरहेको सिड्नी सिक्सर्सले १३ खेलबाट १९ अंक जोडेको छ । मेलबर्नले यो हार्न पुगे र सिड्नीले अन्तिम खेल जिते भने मेलबर्न शीर्ष स्थानमा तल झर्नुपर्नेछ ।