कोरोनाभाइरसबाट चीनमा मृत्यु हुनेको संख्या ४१ पुग्यो
कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या चीनमा ४१ पुगेको छ । ख्हबेई प्रान्तमा थप १५ जनाको मृत्यु भए सँगै मृतक संख्या ४१ प्ुगेको हो ।
यो भाइरसबाट एक हजार २८७ संक्रमित भएको जनायएको छ । यो भाइरस नेपालमा समेत आइपुगेको छ । नेपालमा एक जनामा यो भाइरस देखिएको छ ।
चीनको नयाँ वर्षको आगमनका बेला देखिएको भाइरसले चीनमा ठूलो प्रभाव पारेको छ । कोरोनाभाइरसल युरोपमा समेत फैलिसकेको छ । फ्रान्समा तीन जनाको मृत्यु भएको छ ।
चिनियाँ सञ्चार माध्यमहरुका अनुसार, कोरोनाभाइरस फैलिए पछि एक हजार शैयाको नयाँ अस्पताल रातारात बनाइदैछ । ठूलो प्रकोप देखिएको वुहान सहरमा औषधि समेत अभाव देखिन थालेको छ भने अस्पताल हतास सर्वसाधरणले भरिएका छन् ।