उपसभामुखबारे छलफल गर्न बालुवाटार पुगे देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सँग छलफल गर्न दाहाल बालुवाटार पुगेका हुन् । सभापति देउवाले उपसभामुखबारे छलफल गरेको उनी निकट स्रोतले जनाएको छ ।
सभामुखमा अग्निप्रसाद सापकोटाको मात्रै उम्मेद्वारी परेको छ । १२ माघमा हुने सभामुखको निर्वाचनमा कांग्रेस लगायत विपक्षी दलले उम्मेद्वारी दिएका छैनन् ।
तर, ती सवै दलले उपसभामुख आफूले बनाउनुपर्ने दावी गर्दै आएका छन् । विशेषगरी कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले उपसभामुखमा दावी गरिरहेका छन् । समाजवादी पार्टीले भने ७ पुसमा सरकार छाडेकाले यो पदमा दावी गरेका छैनन् ।