ब्रिगेड विरुद्ध च्यासलको जित, सन्तोष साहुखल सर्वाधिक गोलकर्ता
जारी शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज च्यासल युथ क्लबसँग पराजित भएको छ ।
शुक्रबार दिउँसो भएको खेलमा ब्रिगेड विरुद्ध च्यासलले १–० को जित निकालेको हो । च्यासलका लागि सन्तोष शाहुखलले निर्णायक गोल गरेका थिए ।
गोलसँगै, सन्तोष लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा उक्लिएको छ । सन्तोषले बिग्रेड विरुद्ध गरेको गोलसँगै, गोल संख्या ६ पुर्याएका छन् ।
उनलाई एपीएफका आसिस लामाले पाँच गोल गर्दै पछ्याइरहेका छन् । सन्तोषले लिगमा सय गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाइसकेका छन् ।
उनी आवद्ध टीम च्यासल भने आठ खेलबाट दुई जित र तीन बराबर खेल्दै नौ अंकका साथ अंक तालिकाको आठौं स्थानमा छ ।