लिभरपुलको अपराजित यात्रामा फिर्मिन्होको निर्णायक गोल
इंग्लिस प्रिमियर लिगमा लिड लिडर लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ ।
बिहीबार राति भएको खेलमा वुल्भ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले अग्रतालाई फराकिलो बनाएको छ । लिभरपुलका लागि खेलको आठौं मिनेटमै डिफेन्डर जोर्डन हण्डरसनले गोल गर्दै अग्रता दिलाएका थिए । हण्डरसनकै गोलले पहिलो आफमा लिभरपुलको अग्रता कायम रह्यो ।
दोस्रो हाफको ५१औं मिनेटमा वुल्भ्सका लागि रउल जिमेन्जले गोल गर्दै खेल बराबरीमा ल्याए । गोल बराबरी सँगै, खेल निकै प्रतिश्पर्धात्मक देखिएको थियो ।
तर, ब्राजिलियन स्ट्राइकर फिर्मिन्होले ८४औं मिनेटमा निर्णायक गोल गरे । त्यही गोल नै लिभरपुलका अपराजित यात्रालाई कायमै राख्न सफल बन्यो ।
जितसँगै, शीर्ष स्थानको लिभरपुलले २३ खेलबाट ६७ अंक जोडेको छ भने लिभरपुललाई पछ्याइरहेको म्यानचेस्टर सिटी २४ खेलबाट ५१ अंक मात्रै जोड्न सफल भएको छ ।