हुस्सुले धनगढी विमानस्थलको उडान बन्द
बाक्लो हुस्सुका कारण कैलालीको धनगढी विमानस्थल ठप्प भएको छ । धनगढीबाट बिहान काठमाडौ जाने र काठमाडौबाट यहाँ अवतरण हुने जहाजहरु उडेका छैनन् ।
विमानस्थल आसपासमा बाक्लो हुस्सु लागिरहेकाले यात्रुहरू चिसो मौसममा विमान उड्ने प्रतिक्षामा छन् ।
हुस्सुका कारण विमान अवतरण गर्न नसक्ने भएकाले काठमाडौबाट आउने जहाजहरु पनि नउडेको विमानस्थल श्रोतले जानकारी दिएको छ ।