थप समाचार विहीबार, माघ ९, २०७६

खतरनाक भाइरसका कारण वुहानका सबै उडान स्थगित

हिमालखबर

खतरनाक भाइरसका कारण वुहानका सबै  उडान स्थगित

चीनमा देखिएको खतरनाक कोरोनाभाइरसको संक्रमण फैलन नदिन वुहान शहरका सवै सार्वजनिक यातायात र उडान स्थगित गरिएको छ ।

तर, संक्रमण अन्यत्र फैलिसकेको जनाइएको छ । वुहानमा देखिएको श्वासप्रश्वास सम्बन्धी कोरोनाभाइरसबाट १७ जनाको मृत्यु भएको छ भने पाँच सय बढी प्रभावित बनेका छन् ।

यो संक्रमण वुहानमा एक जनावरबाट शुरु भएको अनुमान गरिएको छ । भाइरसको संक्रमण फैलिन थाले पछि चिनियाँ सरकारले वुहान शहरका दशौं लाख मानिसलाई अत्यावश्यक बाहेक शहर नछोड्न निर्देशन दिएका छन् ।

भाइरसकै कारण वुहानमा रहेकाहरु नयाँ वर्ष मनाउन घर फर्कन नपाउने भएका छन् ।

प्रतिकृया दिनुहोस