ए डिभिजन लिगः आज दुई खेल, थ्रीस्टार हिमालयन शेर्पासँग भिड्दै
जारी शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ ।
पहिलो खेल दशरथ रंगशालामा मध्यान्ह १२ बजे थ्रीस्टर र हिमालयन शेर्पा बीच हुँदैछ । पछिल्लो खेलमा जित निकालेको शेर्पा थ्रीस्टार विरुद्ध समेत जित निकाल्दै एघारौं स्थानमा उक्लने दाउमा छ ।
तीन जित र दुई बराबरी खेलेको थ्रीस्टार पनि जित निकाल्दै तेस्रो स्थानमा उक्लने तयारीमा छ ।
अर्को खेल भने दिउँसो तीन बजे एपीएफ र जावलाखेल युथ क्लब बीच हुनेछ । दुई जित र तीन बराबरी खेलेको जावलाखेल ९ अंका साथ आठौं स्थानमा छ भने एपीएफ अन्तिम दोस्रो स्थानमा रहेको एपीएफ रेलिगेशनबाट जोगिन खेल जित्दै अगाडि बढ्ने तयारीमा छ ।