मलेसियन कम्पनी म्याक्समनि सँग हिमालय ब्यांकको पुनःसम्झौता
हिमालय ब्यांक र मलेसियन कम्पनी म्याक्समनि एसडीएनबीएचडी सँग बिप्रेषण सेवा पुनःसुचार गर्नेबारे नयाँ सम्झौता भएको छ ।
विप्रेषणको काबारोर गर्दै आएको कम्पनी म्याक्समनि सँग आगामी दिनहरुमा पनि सम्झौतापत्रमा उल्लेखित प्रावधानमा रहि अगाडि बढ्ने सम्झौता हिमालय ब्यांकले गरेको छ ।
म्याक्समनि र हिमालय ब्यांक बीच विप्रेषण भुक्तानी रकम राफसाफ समेत भएको छ । पुरानो कारोबारको राफसाफ र नयाँ सम्झौतापत्रमा हिमायल ब्यांकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र म्याक्समनिका प्रमुख कार्यकारी अधिकृत मोहमद अविदहमिदले क्वालालम्पुरमा हस्ताक्षर गरेका छन् ।