लेकसाइडमा गरिमाको शाखा बिस्तार
गरिमा विकास ब्यांकको पोखरा लेकसाइडस्थित शाखा कार्यालयको औपचारिक उद्घाटन गरिएको छ ।
नेपाल राष्ट्र ब्यांकका पोखरा निर्देशक डा.डिल्लीराम पोखरेलले शाखाको उद्घाटन गरेका हुन् ।
विकास ब्यांकका अध्यक्ष चन्द्रकान्त बरालले औद्योगिक क्षेत्र पोखराको औद्योगिक, व्यवसायिक तथा पर्यटकीय विकासमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
उनले गण्डकी प्रदेशमा स्थापना भएर राष्ट्रिय स्तरमै उत्कृष्ट विकास ब्यांकका रुपमा स्थापित गरिमा विकास ब्यांकले शाखा बिस्तारले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।