गाउँपालिका कार्यालयमा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरमा बम
बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी भएको छ ।
बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी भएको हो । गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी भएकोे छ ।
नेकपाका अध्यक्ष सुरेन्द्र पालको स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो ।
गाउँपालिका–३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ । पालकै से १ च ४५९ नम्बरको जेसीबीमा पनि आगजनी भएको छ ।
आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।