अग्यूरोको गोलमा सिटीको जित, आर्सनल र चेल्सी बराबरी
इंग्लिस प्रिमियर लिगमा शेफिल्ड युनाइटेड विरुद्ध म्यानचेस्टर सिटीले जित निकालेको छ ।
सिटीका लागि सर्जियो अग्यूरोले निर्णायक गोल गरे । खेलको ३६औं मिनेटमै पेनाल्टीको अवसर पाएको सिटीले अग्रता लिनबाट चुकेको थियो । गाब्रियल जिससले पेनाल्टीबाट गोल गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।
तर, दोस्रो हाफमा जिससको ठाउँमा मैदान छिरेका सर्जियो अग्यूरोले ७३औं मिनेटमा गोल गरे । अग्यूरोकै गोल निर्णायक बन्यो ।
अर्को खेलमा चेल्सी र आर्सनलले २–२ गोलको बराबरी खेलेको छ । २६औं मिनेटमै दश खेलाडीमा सीमित आर्सनलसँग चेल्सीले बराबरी खेलेको हो ।
आर्सनलका डेभिड लुइजले रातो कार्ड पाउँदै आर्शनल दश खेलाडीमा सीमित भएको थियो । डेभिडकै रातो कार्डमा चेल्सीले पेनाल्टीबाट २८औं मिनेटमा गोल गर्दै लिए पनि जित निकाल्न भने सकेन ।
पहिलो आफमा एक गोलको अग्रता लिएको चेल्सी विरुद्ध आर्सनलले दोस्रो हाफको ६३ र ८७औं मिनेटमा गोल गर्दा चेल्सीले भने ८४औं मिनेटमा गोल गरेको थियो ।