अकुपाई टुँडिखेलद्वारा वीर अस्पताललाई टुँडिखेलको पार्किङ हटाउन आग्रह
अकुपाई टुँडिखेलले खुलामञ्चमा वीरअस्पतालले राखेका पुराना गाडी र पार्किङ क्षेत्र अविलम्ब हटाई टुँडिखेल खाली गर्न आग्रह गरेको छ ।
मंगलबार अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठद्वारा जारी एक विज्ञप्ति बुझाउँदै खुलामञ्च सधैं खुला रहनुपर्ने भएकाले सो क्षेत्र खाली गर्न आग्रह गरेको बताएको छ ।
विज्ञप्तिमा अस्पतालले सो क्षेत्र ओगटेर टँडिखेलको अस्तित्व समाप्त पार्ने कार्यलाई निरन्तरता दिएमा कानूनी उपचार खोज्न बाध्य हुने बताएको छ ।
संविधानको धारा ४८ बमोजिम सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षणका लागि सो अनधिकृत पार्किङलाई हटाइने चेतावनी पनि अकुपाई टुँडिखेलले दिएको छ ।
अकुपाई टुँडिखेलले टुँडिखेलको ऐतिहासिकता बचाउन विविध कार्यक्रम गर्दै आएको छ ।
सो अन्तर्गत गत २३ कात्तिकमा विशाल मानव साँङ्लो बनाई टुँडिखेलको अस्तित्व जोगाउने अभियान थालनी गरेको थियो । त्यसपछि हरेक शनिबार लगातार तीन महीनासम्म जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ ।