सुवास नेम्वाङको प्रस्तावमा सभामुखका लागि अग्नि सापकोटाको मनोनयन दर्ता
प्रतिनिधिसभा सभामुखका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अग्नि सापकोटाले मनोनयन दर्ता गराएका छन् ।
सुवास नेम्वाङको प्रस्ताव र लक्ष्मण लाल कर्ण, ओनसरी घर्तीमगर र देव गुरुङको समर्थनमा मंगलबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेर नेता सापकोटाले मनोनयन दर्ता गराएका हुन् । सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।
मनोनयन दर्तापछि नेता सापकोटाले प्रतिनिधिसभाको गरिमा उच्च राख्ने प्रतिक्रिया दिएका छन् । उनले भने, ' यो जननिर्वाचित र सार्वभौम संस्थाको ओझ,गरिमा,मूल्य,मान्यता उच्च बनाइ राख्न भगिरथ प्रयत्न गर्नेछु ।'
आइतबार नेकपाले अग्नि सापकोटालाई प्रतिनिधिसभामा सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।