दामनको होटलमा अचेत अवस्थामा भेटिएका आठै जना पर्यटकको मृत्यु
मकवानपुरको दामनस्थित एक होटलमा बेहोस अवस्थामा भेटिएका आठै जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र दुई महिला र ४ जना बालबालिका छन् ।
प्रहरीका अनुसार उनीहरु भारतीय पर्यटक भएको खुले पनि सनाखत हुन सकेको छैन ।
उनीहरुको उपचारको क्रममा काठमाडौंस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
बेहोस अवस्थामा भेटिएका उनीहरुको उद्दार गरी हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको थियो । कोठामा हिटर बालेर सुतेका कारण उनीहरु बेहोस भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
आठै जनाको शव त्रिवि शिक्षण अस्पताल माहाराजगञ्जमा पोष्टमार्टमका लागि पठाइएको र रिपोर्ट आएपछि मात्रै घटना कारण पत्ता लाग्ने प्रहरीको भनाइ छ ।