समाचार सोमबार, माघ ६, २०७६

सभामुखको निर्वाचन १२ माघमा

हिमालखबर

सभामुखको निर्वाचन १२ माघमा
null

प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि १२ माघमा निर्वाचन हुने भएको छ ।

संसदमा सामेल चार दल बीच १२ माघमा सभामुख पदका लागि निर्वाचन गराउने बारे सहमति जुटेको हो । दल हरुबीच सहमति जुटेपछि संसद सचिवालयले त्यही अनुसार, कार्यतालिका बनाइरहेको छ ।

उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले संसदलाई सम्बोधन गर्दै सोमबार दिउँसो एक बजे राजीनामा दिएकी छन् । उनको राजीनामा पछि अहिले चार बजे बोलाइएको बैठकको अध्यक्षता भने जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् ।

ठाकुरले सभामुख निर्वाचनका लागि १२ माघको कार्यतालिका सार्वजनिक गर्ने तयारी भएको छ । नेकपाले सभामुखका लागि अग्नी सापकोटा र कांग्रेसले पुष्पा भुसाललाई अगाडि बढाउने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस