समाचार सोमबार, माघ ६, २०७६

प्रदेश ५ को कांग्रेस संसदीय दलका नेता पोखरेलको निधन

हिमालखबर

प्रदेश ५ को कांग्रेस संसदीय दलका नेता पोखरेलको निधन

प्रदेश नम्बर ५ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि क्यान्सरबाट ग्रसित नेता पोखरेलको सोमबार दिउँसो १ बजे निधन भएको हो । 

प्रदेश ५ को कांग्रेसको संसदीय दलको नेतामा सक्रिय रहे पनि फोक्सोमा देखिएको क्यान्सर शरीरका अन्य अंगमा समेत फैलिएपछि विगत एक वर्षदेखि नेता पोखरेल सक्रिय राजनीतिभन्दा टाढा थिए । 

माघमा स्वास्थ्य परीक्षण गर्दा पोखरेलको फोक्सोमा क्यान्सर देखिएको थियो । नेपाल क्यान्सर अस्पतालले भारतको राजिव गान्धी अस्पताल लैजान रिफर गरे पनि उनले आफ्नो उपचार स्वदेशमै उपचार गर्नुपर्ने भन्दै भारत जान अस्वीकार गरेका थिए । 

प्रदेश ५ का जेष्ठ सांसद नेता पोखरेलले सभामुखकै हैसियतमा सांसदहरूलाई सपथ खुवाएका थिए । प्रदेश ५ मा नेतालाई उपलब्ध गराएको गाडी खरिदमा अनियमितता भएको आलोचना भएपछि उनले आफ्नो गाडी फिर्ता गरेका थिए ।

 

प्रतिकृया दिनुहोस