खेलकुद सोमबार, माघ ६, २०७६

मेलबर्न २१ रनले पराजित हुँदा सन्दीपको दुई विकेट

हिमालखबर

मेलबर्न २१ रनले पराजित हुँदा सन्दीपको दुई विकेट
null

जारी बिग बास लिगमा सन्दीप लामिछाने आवद्ध टीम मेलबर्न स्टार्सलाई सिड्नी सिक्सरले १४४ रनेको चुनौती दिएको छ ।

टस जितेर फिल्डिङ रोजेको मेलबर्नले ठूलो चुनौती पाउँदा सन्दीप लामिछानेले दुई विकेट लिए । वर्षाका कारण १४ ओभरमा छोट्याइएको खेलमा सन्दीप लामिछाने चौैंथो ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका थिए ।

उनले व्यक्तिगत पहिलो ओभरमै दुई विकेट लिए । उनले दुई विकेट लिएर तीन रन मात्रै खर्चिएका थिए । यसपछि सातौं ओभरमा आएर ११ रन खर्चिए भने एघारौं ओभरमा २४ रनको महँगो बलिङ गरे ।

अन्तिम चौध ओभरमा ओरलले दुई विकेट लिए । सिड्नी सिक्सरले चार विकेटको क्षतिमा १४३ रन बनायाे । जवाफी ब्याटिङमा मेलबर्नले १२५ रन मात्रै बनाउन सक्याे । जितसँगै, सिड्नी १२ खेलबाट १५ अंक जाेड्दै दाेस्राे स्थानमा उक्लिएकाे छ भने मेलबर्न १२ मध्ये १० खेल जित्दै २० अंक सहित शीर्ष स्थानमै छ ।

 

प्रतिकृया दिनुहोस