थप समाचार सोमबार, माघ ६, २०७६

अमेरिकाको टेक्सासमा गोली चल्दा दुईको ज्यान गयो

हिमालखबर

अमेरिकाको टेक्सासमा गोली चल्दा दुईको ज्यान गयो
सांकेतिक तस्वीर

अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राती भएको एक गोलीकाण्डमा दुई व्यक्ति मारिनुका साथै अन्य पाँच घाइते भएका छन् ।

सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले सञ्चार माध्यमलाई बताएअनुसार व्यक्तिहरूको समूहबीच भएको झगडामा एकजना व्यक्तिले बन्दुक निकालेर गोली हान्न शुरु गरेका थिए ।

विवाद शुरु भएपछि नै परिस्थिति जटिल बनेको र प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको विलियमले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस