धरानका पूर्वमेयर राईको निधन
विगत एक वर्षदेखि क्यान्सरको उपचार गराइरहेका धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ । राईको सोमबार दिउँसो करिब १ बजेतिर पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
पुर्वमेयर राईलाई बचाउ अभियानका संयोजक एवं पत्रकार महेश श्रेष्ठका अनुसार अस्पतालको आइसियुमा उपचाररत अवस्थामा उनको निधन भएको हो ।
क्यान्सरमा पनि दुर्लभ खालको रोग लागेका राईलाई उपचारका लागि भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा पनि लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई एम्बुलेन्समार्फत नेपाल ल्याइएको थियो । पछिल्लो समय समाजवादी पार्टीमा आवद्ध रहेका राई २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट मेयरमा निवार्चित भएका थिए ।