आफ्नै अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्दै उपसभामुखको राजीनामा
उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले आफ्नै अध्यक्षतामा प्रतिनिधिसभा बैठक चलाएकी छन् ।
४ पुसमा पनि उनले नै बैठकको अध्यक्षता गरेकी थिइन् । तर, त्यस पछाडि लगातार सूचना टाँस गरेर स्थगित हुँदै आएको थियो । सोमबार दिउँसो एक बजे बोलाइएको बैठकको अध्यक्षता पनि उपसभामुख तुम्बाहाङ्फेले नै गरिन् ।
आफ्नै अध्यक्षतामा चलेको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएकी छन् । उनले संसद बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएकी हुन् ।
संसदलाई सम्बोधन गर्दै उनले भनिन्, “ मैलै सहजीकरण गर्न आवश्यक भएको छ । यसैअनुसार, मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा जानकारी गराउँछु ।” उपसभामुख तुम्बाहाङ्फे दुई वर्षे कार्यअवधिमा साथ सहयोग दिने सवैलाई धन्यवाद दिइन् ।
सांसदहरुलाई मार्ग प्रशस्त गराएकाे जानकारी दिएकी उपसभामुखले पदबाट लिखित राजीनामा संसद सचिवालयमा दर्ता गराइने भएकाे छ ।
अर्को बैठक दिउँसो चार बजे बोलाइएको छ । उक्त बैठककाे अध्यक्षता जेष्ठ सदस्यले गर्ने र सभामुख चयन प्रक्रिया अगाडि बढाउने तयारी छ । सभामुख चयन प्रक्रिया अगाडि बढाइने भएकाले संसदकाे नियमित कार्यसूची भने हटाइएकाे छ ।