दश खेलाडीमा सीमित ग्रानाडा विरुद्ध मेसीको निर्णायक गोल
स्पेनिस ला लिगामा ग्रानाडा विरुद्ध बलियो टीम बार्सिलोनाले कठिन जीत निकालेको छ । पहिलो हाफ गोल रहित बराबरी खेलेको ग्रानाडा दोस्रो हाफमा दश खेलाडीमा सीमित हुन पुगे ।
खेलको ६९औं मिनेटमा सान्चे बाराहोना दोहोरो पहिलो कार्ड पाउँदै मैदानमाबाट बाहिरिएका थिए । यसको ६ मिनेट पछाडि बार्सिलोनाले गोल गर्दै अग्रता लियो ।
बार्सिलोनाका लागि लियोनल मेसीले ७६औं मिनेटमा गोल गरेका थिए । मेसीको गोल नै निर्णायक हुँदा ग्रानाडा १–० ले पराजित भयो । जितसँगै, बार्सिलोना भने अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।