युभेन्टसको जितमा रोनाल्डोको दुई गोल
सिरि ए मा आइतबार राति पर्मा विरुद्ध भएको खेलमा जित निकाल्दै युभेन्टस शीर्ष स्थानमा कायमै रहेको छ ।
स्ट्राइकर क्रिश्चियानो रोनाल्डोको दुई गोलमा युभेन्टसले जित निकालेको हो । पहिलो आफको ४३औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफको ५५औं मिनेटमा पर्माका लागि एन्ड्रीएजले गोल फर्काए । लगत्तै, ५८औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाएका थिए ।
थप गोल हुन नसकेपछि युभेन्टस जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा कायमै रह्यो । युभेन्टसले २० खेलबाट ५१ अंक जोडेको छ ।