लिभरपुलको अपराजित यात्रा कायमै
इंग्लिस प्रिमियर लिगमा लिड लिडर लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ । आइतबार राति म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायमै राखेको हो ।
खेलको १४औं मिनेटमै भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको अन्तिम समयसम्म पनि थप गोल हुन सकेको थिएन ।
तर, थपिएको तीन मिनेटको अतिरिक्त समयमा लिभरपुलका स्ट्राइकर मोहमद सलाहले गोल गर्दै गोल संख्या दोब्बर बनाए ।
युनाइटेडले भने सान्त्वना गोल फर्काउन सकेन । जितसँगै, २२ खेलबाट ६४ अंक जोड्दै अग्रता फराकिलो बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले २३ खेलबाट ४८ अंक जोडेको छ ।
पराजयसँगै यनाइटेड भने २३ खेलबाट ३४ अंक जोड्दै पाँचौं स्थानमै रहेको छ ।