सम्पर्कविहीन पदयात्रीको खोजी गर्न माग
ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले सम्पर्कबिहीन भएका पदयात्रीको यथाशिघ्र खोजी गरिदिन आग्रह गरेको छ । टानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कास्की जिल्ला प्रशासन कार्यलय, अन्नपूर्ण गाउँपालिका र नेपाल प्रहरीलाई अनुरोध गरेको हो ।
हिमपातका कारण कास्की देउराली नजिक पर्ने अन्नपूर्ण बेस क्याम्पमा पदयात्रामा गएका ४ जना कोरियाली नागरिकहरु र नेपाली नागरिकहरु सरोज परियार, छिरिङ भोटे, मिनबहादुर लामा सम्पर्क बिहीन भएका छन् ।
अहिले टान पश्चिमान्चल संघ पोखरा, अखिल नेपाल पर्यटन मजदुर संघ, अन्नपूर्ण गाउँपालिका, पर्यटक प्रहरी, सेन्चुरी क्लब र स्थानीय बासिन्दाहरुले खोजी कार्य जारी राखेका छन् ।
सोही पदयात्रामा हिम पहिरोबाट घाइते भएका एक जना चाइनिज नागरिक र पर्यटक सहयोगी जगदीश खत्रीलाई उद्धार गरी पोखरा ल्याई फेवासिटी अस्पतालमा उपचार गराउनुका साथै पदयात्रामा गएका एक सय ३० जना पदयात्रीलाई उद्धार गरी छुम्रुङ र पोखरामा ल्याइएको टानले जनाएको छ ।