थप समाचार आइतबार, माघ ५, २०७६

हिट्स एफ.एम. म्युजिक अवार्डका झलक (फाेटाे फिचर)

हिमालखबर

हिट्स एफ.एम. म्युजिक अवार्डका झलक (फाेटाे फिचर)
तस्वीरहरु: माेनिका देउपाला

हिट्स नेपाल प्रा.लि.ले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यक्रममा विभिन्न १६ वटा विधामा अवार्ड प्रदान गरियाे।

हिरो २३औं हिट्स एफ.एम. म्युजिक अवार्डमा सविन राई एन्ड द फेरोको ‘धन्यवाद’ गीत र दुर्गा परियारको ‘वनफूल’ले तीन\तीन विधामा अवार्ड जितेकाे छ।

कार्यक्रममा सविन राई एन्ड द फेरो, मिना निरौला, धर्मेन्द्र सेवान, बर्तिका इयम राई, द सिजन्स ब्यान्ड, दुर्गा परियार लगायतले सांगीतिक प्रस्तुति दिए।

सविन राई एन्ड द फेरोको ‘धन्यवाद’ले सर्वोत्कृष्ट समूह गायन विधा, सर्वोत्कृष्ट रक गायन विधा र सर्वोत्कृष्ट पप\रक संगीत सृजना विधामा अवार्ड हात पारेका हुन् । 

गायिका दुर्गा परियारको ‘वनफूल’ले सर्वोत्कृष्ट एकल गायन महिला विधा, सर्वोत्कृष्ट संगीत संयोजन विधा फनिन्द्र राई र सर्वोत्कृष्ट संगीत विधामा सृजना सुरेश अधिकारीले अवार्ड प्राप्त गरे ।

हिट्स एफ.एम. म्युजिक अवार्ड सर्वोत्कृष्ट नव प्रतिभा गायन विधामा ‘गल्ती’ बोलको गीतबाट बिक्रम बरालले अवार्ड पाए भने सर्वोत्कृष्ट चलचित्र गीत विधामा राजनराज शिवाकोटीको ‘गोजीमा दाम छैन’ बोलको गीतले अवार्ड जितेको छ ।

 

प्रतिकृया दिनुहोस