निगम कार्यकारी अध्यक्ष मदन खरेलले दिए राजीनामा
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् । खरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई राजीनामा पत्र बुझाएका हुन् ।
खरेलसँग मन्त्री भट्टराई असन्तुष्ट रहेको र पटक पटक उनलाई हटाउने बताउँदै आएको बताइएको छ। मन्त्रिपरिषद बैठकले उनलाई ०७५ भदौ ३१ गते निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो ।