सफाइ पाए रवि लामिछानेले
टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई चितवन जिल्ला अदातले सफाइ दिएको छ ।
पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोग लामिछाने सहित तीन जनामाथि लगाइएको थियो ।
हिरासतमा राखेर अनुसन्धान गरी लामिछाने सहित तीन जनालाई जिल्ला अदालत चितवनले धरौटीमा छोडेको थियो ।
लामिछाने र युवराज कँडेललाई धरौटीमा र अस्मिता कार्कीलाई साधारण तारिखमा रिहा गरेको थियो । आइतबार न्यायाधीश हेमन्त रावलको इजलासले सफाइ दिएको हो ।