दलीय भागबण्डामा भएकाे सिफारिस प्रति आपत्ति
द्वन्द्व पीडित साझा चौतारी नेपालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन समितिको सिफारिस प्रति आपत्ति जनाएको छ ।
दलीय भागबण्डाका आधारमा दुवै आयोगमा अध्यक्ष र सदस्यहरु सिफारिस गरिएको थियो । पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको समितिले दुवै आयोगमा पदाधिकारी सिफारिस गरिएको थियो ।
साझा चौतारीले बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षी दल बीच भागबण्डाका आधारमा पदाधिकारी सिफारिस गरिएकोमा आपत्ति जनाएको हो । सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस बीच दुई आयोगको अध्यक्ष र सदस्यहरु भागबण्डा गरिएको थियो ।
लगत्तै, बसेको सिफारिस समितिले कानून मन्त्री भानुभक्त ढकाललाई नामावली पठाएको छ । मेलमिलाप आयोगको अध्यक्ष कांग्रेस र बेपत्ता पारिएको छानबिन आयोगको अध्यक्ष नेकपाबाट हुनेगरी सहमति भएको थियो ।