ह्यारी र मेगनले शाही उपाधि नपाउने
ब्रिटिस दरबारले राजकुमार ह्यारी मेगनले शाही उपाधि प्रयोग नगर्ने भएको छ । दरबारले बक्तव्य जारी गर्दै ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको छ ।
क्रिसमस लगत्तै ह्यारी र मेगनले शाही उपाधि परित्याग गर्ने घोषणा गरेका थिए । दरबारले पनि बक्तव्य मार्फत शाही उपाधि प्रयोग नगर्ने घोषणा गरेपछि अब ह्यारी र मेगनले महारानीको प्रतिनिधित्व गर्ने छैनन् ।
बक्तव्यमा राजकुमार ह्यारी र मेगन राजपरिवारको सदस्य नरहेको जनाएको छ । राजकुमार ह्यारीले शाही उपाधि आफैं निर्भर हुने र यूके र उत्तर अमेरिकामा जीवन बिताउने निर्णय लिएका छन् ।