ओली–दाहाल बीच छलफल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली सँग भेटवार्ता गर्न अध्यक्ष दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको पदाधिकारी टुंग्याउन शनिबारसम्म समय लागेकाले सभामुखबारे आज छलफल हुने जनाइएको छ ।
प्रतिनिधिसभाको रिक्त सभामुख पद नटुंगिदा ४ पुसमा शुरु भएको बैठक लगातार सूचना टाँसेर स्थगित हुँदै आएको छ ।