ए डिभिजन लिगमा आज दुई खेल
जारी शहीद स्मारक ए डिभिजन लिगमा आइतबार दुई खेल हुँदैछ । पहिलो खेल एन्फा कम्लेक्स सातदोबाटो र दोस्रो खेल दिउँसो तीन बजे शुरु हुनेछ ।
पहिलो खेल विभागीय टोली एपीएफसँग न्यूरोड टीम (एनआरटी) भिड्दैछ । एनआरटी अंक तालिकाको आठौं स्थानमा छ भने विभागीय टीम एपीएफ १३औं स्थानमा छ ।
दोस्रो खेल सरस्वति युथ क्लब विरुद्ध फ्रेण्ड्स क्लब भिड्दैछ । लगातार पराजित हुँदै आएको सरस्वति आज जित निकाल्ने दाउमा छ भने फ्रेण्ड्स क्लब अंक तालिकाको १२औं स्थानमा छ ।