टोटनहम, सिटी र आर्सनल बराबरीमा रोकिदा, चेल्सी पराजित
इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएको खेलमा टोटन हम, म्यानचेस्टर सिटी र आर्सनल बराबरीमा रोकिएको छ । वाटफोर्ड सँग टोटनहम गोल रहित बराबरीमा रोकिएको हो ।
क्रिस्टल प्यालेस सँग म्यानचेस्टर सिटीले दुई–दुई गोलको बराबरी खेलेको छ । सिटीका लागि अर्जेन्टिनी स्ट्राइकर सर्जियो अग्युरोले दुवै गोल गरे । उनले ८२औं र ८७औं मिनेटमा गोल गरे । तर, खेलको अन्तिम समयमा फिर्मिन्होले आत्मघाती गोल गरे पछि सिटी बराबरीमा रोकिन पुग्यो ।
प्यालेसले पहिलो हाफमै अग्रता लिएको थियो । केन्क टोसुनले ३९औं मिनेटमा गोल गर्दै सिटीलाई पछाडि पारेको थियो ।
आर्सनलले पनि सेफ युनाइटेड सँग एक–एक गोलको बराबरी खेलेको छ । पहिलो आफको अन्तिम समयमा आर्सनलका लागि गाब्रिएल मार्टिनेल्लीले गोल गरेका थिए । तर, दोस्रो हाफको ८३औं मिनेटमा जोहन फ्लेन्कले गोल फर्काउँदै खेल बराबरी गरे ।
चेल्सी भने न्यू कास्टलसँग एक–शून्यले पराजित भएको छ । निर्धारित ९० मिनेटसम्म गोल हुन सकेको थिएन । तर, थपिएको चार मिनेटको समयमा न्यूकास्टलका लागि इसाक हेडेनले गोल गर्दै चेल्सीलाई पराजित गरे ।