सेभिल्लालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा
स्पेनिस ला लिगामा सेभिल्लालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेभिल्लालाई रियलले २–१ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोल रहित सकिएको खेलमा रियलका लागि दुवै गोल कासिमिरोले गरेका थिए । ५७औं मिनेटमा कासिमिरोले पहिलो गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, ९ मिनेट पछि सेभिल्लाले गोल फर्कायो । सेभिल्लाका लागि लुक डी जोङले गोल गरे ।
तर, तीन मिनेटभित्रै फेरि कासिमिरोले थप गोल गर्दै रियललाई दुई–एकको अग्रता दिलाए । निकै प्रतिश्पर्धात्मक बनेको खेलमा १२ मिनेटभित्रै तीन गोल भएको थियो । तर, थप गोल सेभिल्लाले गर्न नसके पछि रियल विजयी भयो ।
जितसँगै, रियलले बार्सिलोनालाई पछाडि पारेको छ । २० खेलबाट रियलले ४३ अंक जोड्दै ४३ अंक जोडेको छ भने बार्सिलोनाले १९ खेलबाट ४० अंक जोडेको छ ।