एमसीसीबारे नेकपाले चाँडै निर्णय लिन्छः प्रवक्ता श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताएका छन् ।
प्रेस संगठन नेपाल म्याग्दीले बेनीमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले एमसीसीलाई संसद्बाट पारित गराउने विषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भइरहेकाले राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय गरिने बताए ।
“पार्टीको सचिवालय बैठकले राष्ट्रिय स्वाधीनता र विकासलाई ध्यान दिएर यथार्थपूर्वक ढङ्गबाट एमसीसी प्रस्तावबारे आवश्यक निकास निकाल्ने छ” प्रवक्ता श्रेष्ठले भने, “अब लामो समयसम्म एमसीसी प्रस्तावलाई के गर्ने भनेर बस्ने अवस्था रहँदैन, पार्टीको सचिवालय बैठकलाई निर्णय गर्ने निर्देशन भएको छ, अब बस्ने बैठकले यसबारे निष्कर्षमा पुर्याउँछ ।”
सभामुख चयनबारे देखिएको अन्र्यौलताले छिट्टै निकास पाउने पनि उनले बताए ।