पुलिससँग जावलाखेल पराजित
जारी शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लब नेपाल पुलिससँग दुई–शून्य गोल अन्तरले पराजित भएको छ ।
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा पुलिसका लागि सौजन्य राई र सुमन लामाले गोल गरे । खेलको २६औं मिनेटमै राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । थप गोल हुन नसके पछि पहिलो हाफमा पुलिसको १–० को अग्रता कायमै रह्यो ।
दोस्रो हाफको ४८औं मिनेटमा पुलिसका लागि फेरि सुमन लामाले गोल गरे । जावलाखेलले भने गोल फर्काउन सकेन । जितसँगै पुलिससले ११ अंक जोड्दै चौथौं स्थानमा उक्लिएको छ । जावलाखेलले भने सात खेलबाट ९ अंक मात्रै जोडेको छ ।