मेलबर्नको जितमा सन्दीप लामिछानेको महत्वपूर्ण विकेट
जारी बिग बास लिगमा (बीबीएल) मा पर्थ सोचर्स विरुद्ध मेलबर्न स्टार्स १० रनले विजयी भएको छ । जितसँगै, मेलबर्नले शीर्ष स्थानको अग्रतालाई थप फराकिलो बनाएको छ ।
एघार मध्ये १० खेल जितेको मेलबर्न २० अंक सहित शीर्ष स्थानमा छ । मेलबर्नलाई पछ्याइरहेको सिड्नी सिक्सर्सले दश खेलबाट १३ अंक मात्रै जोडेको छ । शनिबार पर्थसँग टस जित्दै पहिले ब्याटिङ गरेको मेलबर्नले १४२ रनको चुनौती दिएको थियो ।
तर, पर्थले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १३१ रन मात्रै बनाउन सक्यो । केमरोन बेनक्रफ्टले सर्वाधिक ३२ रन जोडे । डेनियल ओरलले लिएका थिए । दोस्रो विकेट भने बिस्फोटक ब्याटिङ थालेका लिभिङ्स्टोनलाई सन्दीप लामिछानेले क्याच आउट गराए । १४ बलमा १८ रन जोडिरहेका ओपनर लिभिङ्स्टोनलाई सन्दीपले आउट गरेका थिए ।
मेलबर्नका लागि मेडिसनले सर्वाधिक तीन विकेट लिए भने एक रनआउट गराए । मेलबर्नका लागि ओपनर कर्टराइटले अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले खासै राम्रो खेल्न सकेनन् । कर्टराइटले भने ५६ बलमा ५८ रन जोडे । स्टोनिस ६, कउल्टर ७, मिड्डीसन ३ रनमा आउट हुन पुगे । कप्तान ग्लिन क्याक्सेल २५ र लार्किनले २४ रन जोडे ।