सन्दीपको टीम मेलबर्नले सोचर्सलाई दियो १४२ रनको चुनौती
जारी बिग बास लिगमा (बीबीएल) मा सन्दीप लामिछाने आवद्ध टीम मेलबर्न स्टार्सले पर्थ सोचर्सलाई १४२ रनको चुनौती दिएको छ ।
टस जितेर मेलबर्नले पहिले ब्याटिङ गरेको थियो । मेलबर्नका लागि ओपनर कर्टराइटले अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले खासै राम्रो खेल्न सकेनन् । कर्टराइटले भने ५६ बलमा ५८ रन जोडे ।
स्टोनिस ६, कउल्टर ७, मिड्डीसन ३ रनमा आउट हुन पुगे । कप्तान ग्लिन क्याक्सेल २५ र लार्किनले २४ रन जोडे ।