एमसीसीमा सैन्य मामिला जोडिएको छैनः अमेरिकी दूतावास
अमेरिकी सहायताको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामा सैन्य मामिला नजोडिएको नेपालस्थित अमेरिकन दूतावासले प्रष्ट पारेको छ ।
३ माघमा नेपालमा एमसीसी सम्बन्धी शीर्ष १० तथ्य सार्वजनिक गर्दै दूतावासले एमसीसीमार्फत् नेपाललाई गर्न लागेको सहयोग सैन्य मामिलासँग नजोडिएको दाबी गरेको हो । “एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । वास्तवमा अमेरिकी कानूनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ”, जारी विज्ञप्तिमा उल्लेख छ ।
एमसीसीका परियोजना सञ्चालन भएका सबै देशमा संसदीय अनुमोदन जरुरी भएको र सम्पूर्ण परियोजना पारदर्शी रहेको पनि दूतावासले जनाएको छ ।
एमसीसी इण्डो–प्यासिफिक स्ट्राटेजी (ईपीएस) सँग जोडिएको परियोजना भएकाले नेपालले लिन नहुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेताहरुले बताउँदै आएका छन् । तर, प्रमुख प्रतिपक्षी दल र सरकार भने एमसीसी सम्झौताको पक्षमा उभिदै आएका छन् ।
दूतावासले जारी गरेकाे विज्ञप्ति