महर्जन र सापकोटाले जिते सामसुङ स्मार्ट टिभी
सिटी एक्सप्रेसले १५ भदौ–१५ पुसमा सञ्चालन गरेको दशैं तिहार उपहारको बहार योजनाको विजेता घोषित गरेको छ ।
काठमाडौंको ढल्कोस्थित फिनटेक सर्भिसेजका रबिन्द्र महर्जनले ४३ इन्च र नेपालटारस्थित एभरसेफ मनि ट्रान्सफरकी सरला अधिकारी तथा रानीबारीस्थित अक्सफोर्ड नेपाल मनि ट्रान्सफरका पिताम्बर सापकोटाले ३२ इन्चको सामसुङ स्मार्ट टिभी जितेका छन् ।
सिटी एक्सप्रेसले मनि ट्रान्सफरका अभिकर्ताको वैकल्पिक आयका लागि जीवनबीमा अभिकर्ताको रुपमा प्रोत्साहित गर्न यो योजना अघि सारेको थियो । उत्कृष्ट व्यवसाय गर्ने तीन अभिकर्तालाई कम्पनीले विजेता घोषित गरेको हो ।