कला/साहित्य विहीबार, माघ २, २०७६

‘नेपाली भाषाको संरक्षणका लागि विश्व सम्मेलन आवश्यक’

हिमालखबर

‘नेपाली भाषाको संरक्षणका लागि  विश्व सम्मेलन आवश्यक’

नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि विश्वमा भएका नेपालीबीच विश्व सम्मेलन गर्नुपर्ने बताइएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले वरिष्ठ साहित्यकार एवं भारत सिक्किमका पूर्वमुख्यमन्त्री पवन चामलिङको स्वागतमा आयोजित भेटघाट कार्यक्रममा पूर्वमुख्यमन्त्री चामलिङले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि ‘विश्व सम्मेलन’ आवश्यक रहेको बताएका हुन् ।

“सिक्किम सरकारले नेपाली भाषा, साहित्य, धर्म, संस्कृतिको विकासका लागि ठूलो काम गरेको छ”, उनले भने, “सिक्किममा नेपाली भाषाबारे अध्ययन, अध्यापन गर्नुदेखि आदिकवि भानुभक्त आचार्यको प्रतिमा निर्माणसम्मको काम आफ्नो कार्यकालमा भएको छ ।”

“हामी जहाँ बसेपनि हाम्रो पहिचान नेपाली हो”,चामलिङले भने । उनले लेखक, स्रष्टा र कविलाई सम्मान गर्नुपर्नेमा जोड दिदैं सिक्किममा राजनीति गरेपनि आफू नेपाली साहित्यकार र जनताको माझमा रहिरहने बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भारतमा बसेर पनि नेपाली भाषा, संस्कृतिको सम्मानका लागि चामलिङले गरेको योगदानको उच्च कदर गर्नुपर्ने बताए।

प्रतिकृया दिनुहोस