राप्रपा केन्द्रीय समिति बैठक १७ माघदेखि
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य समितिको पूर्ण बैठक १७ माघदेखि बस्ने भएको छ ।
प्रत्येक तीन महीनामा बस्ने केन्द्रीय समिति बैठक काठमाडौंमा बोलाइएको छ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।
जेठमा तोकिएको महाधिवेशनको तयारीबारे समेतमा छलफल हुने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।