समाचार विहीबार, माघ २, २०७६

ओली–दाहालबीच अढाई घण्टा छलफल, शुक्रबार सभामुख टुंग्याइने

हिमालखबर

ओली–दाहालबीच अढाई घण्टा छलफल, शुक्रबार सभामुख टुंग्याइने
null

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अढाई घण्टा बढी छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष दाहाल र ओलीबीच सभामुख शुक्रबारभित्रै टुंग्याउने सहमति भएको छ । “भोलि दिउँसोसम्म सभामुख टुंग्याउने निर्णय भएको छ”, बालुवाटार स्रोतले हिमालखबरसँग भन्यो ।

प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार, जो सभामुख भए पनि शुक्रबार भन्दा उता नलैजाने सहमति जुटेको छ । सभामुख बारेको अनिर्णयलाई नलम्ब्याइनेमा दुवै अध्यक्ष सहमत भएका हुन् ।

बलात्कार अभियोगमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद १४ असोजदेखि रिक्त छ । पूर्व माओवादी र एमालेबीच कुरा मिल्न नसक्दा सभामुख चयन हुन सकेको छैन भने उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले समेत निशर्त राजीनामा नदिने अडान लिदै आएकी छन् ।

यो विवाद हल हुन नसक्दा ४ पुसबाट शुरु भएको प्रतिनिधिसभा बैठक अवरुद्ध हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस