खेलकुद बुधबार, माघ १, २०७६

सन्दीप लामिछानेको उत्कृष्ट बलिङ, दुई विकेट सहित मेडन ओभर

हिमालखबर

सन्दीप लामिछानेको उत्कृष्ट बलिङ, दुई विकेट सहित मेडन ओभर
null

जारी बिग बास लिग (बीबीएल) मा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् ।

पर्थ सोचर्स विरुद्ध सन्दीपले मेडन ओभर फाल्दै दुई विकेट लिएका छन् । व्यक्तिगत तीन ओभर बलिङ गरेका सन्दीपले दुई विकेट सहित सात रन मात्रै दिएका छन् ।

टस जितेर सन्दीप आवद्ध टीम मेलबर्न स्टार्सलाई पहिले फिल्डिङको निम्तो दिएको थियो । तर, सन्दीप सहित स्टार्सका बलर चम्किदा पर्थ १३.५ ओभरमै अलआउट हुँदै पर्थले ८७ रनको सामान्य लक्ष्य दिएको छ ।

मेलबर्नका लागि ज्याक्सन कोलेमनले तीन विकेट लिए । माक्सवेल, रउफ र नाथान कउल्टरले एक–एक विकेट लिए । पर्थका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

प्रतिकृया दिनुहोस