समाचार बुधबार, माघ १, २०७६

काँग्रेस नेता पौडेल र भारतीय रक्षामन्त्री सिंहबीच भेट

हिमालखबर

काँग्रेस नेता पौडेल र भारतीय रक्षामन्त्री सिंहबीच भेट
तस्वीर : रामचन्द्र पौडेलको फेसबुकबाट

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् ।

रक्तचापको बिरामले सताएपछि उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पौडेल र सिंहबीच बुधबार भेटघाट भएको हो ।

भेटमा नेपाल र भारतबीचको सम्बन्धका साथै वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको जनाइएको छ ।  

रक्तचापका बिरामी नेता पौडेल विभिन्न अस्पतालमा उपचार गराउँदा पनि सन्चो नभएपछि सोमबार दिल्ली गएका थिए ।

प्रतिकृया दिनुहोस